मानववाद / दैवज्ञराज न्यौपाने

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:57, 29 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दैवज्ञराज न्यौपाने |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

१.
गल्लीमा फ्याँकिएको माग्नेलाई
मानिस नभन्दिँदा
मैले साथी भनेर अँगाल्न सकिन,
धर्तीमा मुस्कुराएकी दमिनीलाई
आफ्नो अनुकूल सम्झिएरै पनि
मैले प्यार गर्न सकिन,
यसैले त मभरिको चिहान खनेर
मेरा अभिलाषा र कामनाहरूलाई
मैले पुरिसकेको छु,
मेरा निर्माण र दायित्वहरूलाई
मैले भुलिसकेको छु,
मानौँ म आफ्नै परिधिभित्रको
अज्ञात बन्दी भैसकेको छु ।

२.
तर नसम्झ अब बन्दी खुस्कन्न
जीवनमा परिचय नपाएका धेरै घाइतेहरू
यहाँ थुप्रिसकेका छन्
बाँच्नमा जीवन नपाएका धेरै निद्रितहरू
यहाँ व्यूँझिसकेका छन्
चिन्नमा मौकै नपाएका धेरै बन्दीहरू
यहाँ खुस्किसकेका छन्,
अवसानको अगाडि नै एक युगलाई पल्टाएर
विद्रोहको आगो दन्किसकेको छ,
भित्रभित्रै अँगार पारेर
पर्दाभरिको समाजलाई पोलिसकेको छ,
त्यसैले त,
एकदिन तूफान बनेर आइदिन्छ
एकदिन बिहान बनेर छाइदिन्छ,
मेरो जिन्दगीको मोडमा
मेरै युगको मानववाद।

३.
अनि मभरिको चिहानबाट
मेरा जिउँदा भावनाहरू
मानिसको प्रेत बनेर आउने छन्
मेरा असंख्य कामनाहरू
मानिसकै निर्माण बोकेर आउने छन्
म एक युगकै निर्माण बोकेर आउने छु,
यसैमा मेरो मानववाद
संसारलाई खेलाउने छु
आफ्नै काखभित्र
संसारलाई फुलाउने छु
आफ्नै बैँसभित्र ।

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.