Last modified on 3 मई 2020, at 10:18

आफ्नो लाग्छ / गीता त्रिपाठी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:18, 3 मई 2020 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
 


सङ्घार आफ्नो लाग्छ
संसार आफ्नो लाग्छ
तिमी जून भै उदाए
अँध्यारो आफ्नो लाग्छ
 
तिम्रै बाटो नियालूँ चढेर डिलमाथि
पूजा गरूँ म तिम्रै राखेर दिलमाथि
आकाश आफ्नो लाग्छ
धरती आफ्नो लाग्छ
तिमी जून भै उदाए
अँध्यारो आफ्नो लाग्छ
 
तिम्रै याद सँगालूँ बनूँ म ध्यानमग्न
खोजी आकार दिऊँ जीवनभरिको स्वप्न
सपना आफ्नो लाग्छ
विपना आफ्नो लाग्छ
तिमी जून भै उदाए
अँध्यारो आफ्नो लाग्छ