Last modified on 3 मई 2020, at 11:29

यो साँझ बित्छ यसै / गीता त्रिपाठी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:29, 3 मई 2020 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=थ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)



यो साँझ बित्छ यसै
यो रात ढल्छ त्यसै
यो तृष्णा न हो बगरको
चाहना जल्छ यसै यसै
 
यहाँ ढुकढुकीमा थर्किरहेछ मुटु
यहाँ पर्खाइमा तड्पिरहेछ मुटु
निरास उदास यी आँखा
टोलाइदिन्छन् त्यसै
यो तृष्णा न हो बगरको
चाहना जल्छ यसै यसै
 
यहाँ मायाको अर्थ
दिनदिन खुम्चिरहेछ
पवित्र प्रेमलाई धोका भइरहेछ
मायाका फूल हजार
ओइलिरहेछन् त्यसै
यो तृष्णा न हो बगरको
चाहना जल्छ यसै यसै