Last modified on 3 मई 2020, at 11:57

किन बोल्छन् आँखाहरू / गीता त्रिपाठी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:57, 3 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=थ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

किन बोल्छन् आँखाहरू नबोले नि ओठ
मनभित्रै समेटेका सयथरी चोट
 
भावनाका मूल फुटे छातीभित्रै थुन्छु
बाँधिएका पीरव्यथा एकान्तमा फुन्छु
मनभित्रै निमोठे नि चाहनाका बोट
किन बोल्छन् आँखाहरू नबोले नि ओठ
 
उज्यालो यो बिहानीमै पर्दासरि खस्छु
बादलभित्रै नबर्सने पानी भई बस्छु
सबैबाट टाढिएर लागे पनि ओत
किन बोल्छन् आँखाहरू नबोले नि ओठ