Last modified on 3 मई 2020, at 12:19

हाँसिरहोस् सधैँभरि / गीता त्रिपाठी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:19, 3 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=थ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

हेरी कैले अघाउन्न संसारका आँखा
हाँसिरहोस् सधैँभरि हाम्रो सगरमाथा
 
चुलिएर हेरिरन्छ छाडी जानेलाई
फर्की आउँछु भनी झूठो कसम खानेलाई
सम्झाउँछ बुद्ध, सीता, भृकुटीका गाथा
हाँसिरहोस् सधैँभरि हाम्रो सगरमाथा
 
जूनतारा पग्लिएर आफैँ भेट्न आउँछन्
जाई, जुही फुलेसरि शिरमाथि छाउँछन्
रक्तनाता भन्दा गाढा उस्को-हाम्रो नाता
हाँसिरहोस् सधैँभरि हाम्रो सगरमाथा
 
नेपालीको गौरव छुन्छ संसारको शिर
जराजरा फैली धुन्छ नेपालीको पीर
रसाउँछ छातीभित्र रूखा डाँडापाखा
हाँसिरहोस् सधैँभरि हाम्रो सगरमाथा