Last modified on 3 मई 2020, at 12:19

सम्झिरन्छु मेरी प्रिय / गीता त्रिपाठी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:19, 3 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=थ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

सम्झिरन्छु मेरी प्रिय विदेशमा तिमीलाई
मेरो कुनै रात कटेन सपनीमा तिमी नआई
 
मेरो देशको एउटा कथा मदन भोट गएको
मुनालाई सम्झन्छु म मुटु फुटाई रोएको
धनसम्पत्ति, सूनको बाला चाहिँदैन भन्थ्यौ तिमी
साथै रहू, साथ देऊ मेरो गहना भन्नु तिमी
मेरो आफ्नै रहर थियो सजाउने तिमीलाई
मेरो कुनै रात कटेन सपनीमा तिमी नआई
 
चन्द्रसूर्य झण्डा यहाँ कतै फहराउँदैन
दिनरात एकै यहाँ नयाँ ऋतु लहराउँदैन
सून खोज्न आको थिएँ, नून पाउन गाह्रो भयो
फूलको थुँगा मागेकि'थ्यौ धोको बनी मनमै रह्यो
सम्झनाको बाढी पस्छ डुबाउँछ हरपल मलाई
मेरो कुनै रात कटेन सपनीमा तिमी नआई