Last modified on 3 मई 2020, at 16:44

बादलको दरबारमा / नोर्देन रुम्बा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:44, 3 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= नोर्देन रुम्बा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

बादलको दरबारमा पहाडको मेला
वन डाँडाले गाउँछ सधैँ साँझ बिहान बेला
ओर्ली आकाश यहीँ खेल्छ नाना रङ्गी खेला।
 
आरूफूल लजाएको गोरेटो नै भरि
कुहिरोले सास फेर्छ मस्ती छरी छरी
बतासले मीठो मीठो कानेखुशी गर्छ
बिसौनालाई इन्द्रेणीले दुइटा कथा भन्छ
 
स्वर्गको आँगनमा पिरथीको मेला
रानी हिमाल बेहुलीलाई चारैदिशा घेरी
हातेमालो खेल्छ क्षितिज रङ्ग फेरी फेरी
 
छल्लिएर घाम सधैँ लुकामारी खेल्छ
नाची नाची सल्लाघारी यस्तै पोल खोल्छ
मायालु संसार यो घामछायाको मेला ।