Last modified on 9 मई 2020, at 16:22

जनघोष / युद्धप्रसाद मिश्र

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:22, 9 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= युद्धप्रसाद मिश्र |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

हाम्ले आज अमानवी दमन यो बिर्सेर के पाउने
बाँचेको छ परम्परा रगतको सट्टा रगत नै लिने
खाई घातक मार दुर्दमनका पीडा सहन्नौँ अब
खप्नुसम्म खप्यौं दुरापद ठूला हेरी रहन्नौँ अब

आगो आज उठी सक्यो झुपडीमा बन्दै गई उन्मना
हाम्रो के अब झुक्न सक्छ र यहाँ विज्ञानवादी फना
उठ्दैछन् हँसिया हलो र खुकुरी खुर्पी खुँडा बञ्चरा
उठ्दैछन् नवचेतना सजग भै आत्मा भएका दरा

पर्थ्यो के जनमुक्तिको विजयश्री अध्यात्मदेखि तल
टर्थ्यो के बदला नलिकन त्यसै हाम्रो रगतको भल
दिन्छौँ पारी सखाप नै प्रतिक्रियावादीहरूको हठ
उम्लेको छ असह्य भै हृदयको हाम्रो व्यथा उत्कट

धर्तीमा सुखशान्तिका किरणले छाइदिने लक्ष्यका
हामी न्याय उचाल्न वीरगतिको बाटो लिने पक्षका
पीडाग्रस्त बनी गई शरणमा पर्दै ठूलाका मुनि
सच्चाइसित थरथर डरले नार्मदको के जुनि ?