Last modified on 9 मई 2020, at 16:41

भविष्य / युद्धप्रसाद मिश्र

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:41, 9 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= युद्धप्रसाद मिश्र |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

सामन्ती अभिशाप दिन्‌दिन हतोत्साही हुँदै गै सक्यो
पूँजीवाद पनि जरा कुहिन गै ढल्ने बखत् भै सक्यो
शोषणको हतियार धर्म कुन छन् निर्मूल पारी दिन
मुक्ति निश्चय पाउने क्षणहरू लागि सके झल्किन

मान्छेको प्रगति नरोकिन दिने राखेर हिक्मत् पूरा
छन् आत्मा बलवान पीडितहरू सङ्घर्षमाथी सुरा
ज्ञानोदिप्ति हुँदै गर्इ झुपडी उठ्दै ठूला हौसला
जान्दैछन् नर-नारीले विजयमा उतिर्ण बन्ने कला

माटोमा र मसिनमाथि पसिना बग्ने करौडौँ जन
छन् एकै मतबाट पीडकहरू निर्मूल गर्नाकन
ऐलेको युग विश्व शान्तितिरको बाटो खुलाई दिने
एैलेको युग क्रान्तिले रगतको साटो रगत् नै लिने

जुन क्रान्ति बीचमा भविष्य छ उज्यालो बन्न जाने गति
जसमाथि बलिदान हुन्छ सहजै पूँजी – पथ्रा – पद्धति
यो सङ्रान म महानको विजय श्री भोका र नाङ्गाप्रति
यौटासम्म पनि रहन्न अब यो धर्तीमहाँ भूपति