Last modified on 10 मई 2020, at 10:43

सबुद / अभय श्रेष्ठ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:43, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अभय श्रेष्ठ |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

त्यतिखेरै
सत्यको हत्या भइसकेको हुन्छ
जब जोडिन्छन् सबुदहरू ।

अब मेरो प्रेम र मेरो सपनाको हत्या
मेरै नाममा अरू कसैले गरिदिन्छ
मेरो मुटु मेरो शरीरबाट
काटेर कसैले मिल्काइदिन्छ
मेरो मृत्युपत्रमा
अरू कसैले मेरै हस्ताक्षर गरिदिन्छ
तर, यी सबै अपराधका लागि अपराधीलाई कुनै सजाय हुँदैन ।

सबुदहरू जोडिएपछि
त्यसैगरी फेर्न सकिन्छ वस्तुको रूप
जसरी सेतो कागजमा भर्न सकिन्छ आवश्यकता अनुसारको रङ ।

एउटा कविसँग कविता रहँदैन
कलाकारसँग कला रहँदैन
न जोताहाको खेत रहन्छ
न देशभक्तको देश
बसन्तमा कोइलीजस्तै बसाइ र्सछन्
हाम्रा स्वामित्वका वस्तुहरू नक्कली स्वामीका पाउमा ।

कवि, कलाकार
जोताहा, देशभक्त
प्रहरी, पत्रकार
डाक्टर, वकिल
वादी, प्रतिवादी, न्यायाधीश सबैसबै
सत्यको मसानघाटमा उभिएर
गरिरहेका हुन्छन् सत्यको प्रतीक्षा ।