Last modified on 10 मई 2020, at 11:26

बाटो भुलेर अल्झिरहेको / ईश्वरवल्लभ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:26, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ईश्वरवल्लभ |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

बाटो भुलेर अल्झिरहेको सहारा नपाई
मानिसको संसारमा अन्याय हेर

सल्किरहेका यी सन्तापहरूलाई
अल्झिरहेका पाइलाहरूलाई
सम्हाल्नु साटो बहकिन लाउँछन्
मानिसको संसारमा अन्याय हेर

शायद पृथीमा कुनै खोट छैन
विधाताले ढाक्दा अर्कैले छेक्छन्
विश्वासले विश्वास पाएन हेर
अन्यायको विरोधमा न्याय कस्तो हेर