यी डाँडा हरिया पहाड पहरा सेता चुली टाकुरा
देख्दैमा मन शान्त हुन्छ ममता जन्मन्छ रे ! एउटा
बारीका नवकोपिला कुसुमका मेरा सबै सुन्दर
सम्झेमा पनि शान्त हुन्छ दिलको मेरो सफा मन्दिर//१//
राम्रो लाग्छ मलाई त्यो हिमचुली वैशाखको यामको
दूबो त्यो हरियो सफा चउरको मर्स्याङ्ग्दीको फाँटको
कालो बादल हो अगाडि घरको छिम्केश्वरी लेकको
गुर्धौली अथवा चमेली फूल होस् मर्स्याङ्ग्दीकै तीरको
//२//
मेरो देह बिसाउने स्थल बनोस् मर्स्याङ्ग्दीको तीरमा
मेरा कान सुनून् सुसाइ त्यसकै वर्षौं सती घाटमा
आत्मा हुन्छ अजम्मरी यदि भने फर्केर आई बसोस्
त्यस्तै शीतल पानीमा घरि-घरि चुर्लुम्म डुब्ने गरोस्
//३//