अँध्यारो
लहराजस्ता सपना मेरा आँखामै चुँढिन्छन्
गाउँन खोज्छु मुटुको गीत ओठमै कुँढिन्छन्
बिर्सन्छु आफ्नै मुटुको चाल निस्तब्ध निशामा
पर्खेर बस्छु उज्यालो आशा म पूर्व दिशामा
टाढा छ एउटा अस्पष्ट ध्वनि म बुझ्न खोज्दैछु
नजिक आई डोर्या्ए हुन्थ्यो भनेर सोच्दैछु
धर्तीको आँसु बादल बनी गर्जन्छ चोटले
फुकाऊँ भनी ल्याएको भाका खोल्दैन ओठले
ढाकेर बसेँ यै धर्तीभरि सराप नलागोस्
फेरि यो धर्ती बिगार्न अर्को अँध्यारो नजागोस् ।