Last modified on 22 जून 2020, at 10:43

सगरमाथा नाङ्गै देखिन्छ (शीर्षक कविता) / विक्रम सुब्बा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:43, 22 जून 2020 का अवतरण (Sirjanbindu ने सगरमाथा नाङ्गै देखिन्छ / विक्रम सुब्बा पृष्ठ [[सगरमाथा नाङ्गै देखिन्छ (शीर्षक कविता) / वि...)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


कुनै छलकपटको चीसो योजना थाल्न हो कि
या कुनै झुप्रोहरूको छातीमा सर्दी हाल्न हो?
शान्तिको कुनै ओस्याईलो गीत गाउन हो कि
या कुनै गुराँसको कलकलाउँदो थुँगा अँठ्याउन हो?
आफ्ना केही सुकिला भारदार हिमालहरू लस्करै राखेर
सगरमाथा कुनै गोप्य वार्ता गरिरहेको देखिन्छ
पहाडै पहाडको घुइँचो घारीमा
सबैभन्दा माथि उछिट्टएर फक्रेको
हिमालको थुङ्गा उदाङ्गै देखिन्छ
जताबाट हेरेपनि सगरमाथा नाङ्गै देखिन्छ !

प्रायः कुनै आरोहण दलको
पाइतालाले शिरमा टेकेको देखिन्छ
कहिले कुनै अराइएका चित्रकारहरूले
एक टुक्रा क्यानभासमा लेखेको देखिन्छ
बादलको थोत्रे बक्खु पनि फाटिसकेको
गौरवको बिचरो चुचुरो हृवाङ्गै देखिन्छ
जताबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ !

बुद्धको खप्परबाट सापटी लिएर दुइटा आँखाहरू
स्तूपाहरूमा टाँसेर गुम्बाहरू हेरिरहेछन्-
विदेशीको भरौटे भएका सपुतहरू
स्वदेशी डोकोमा विदेशी झण्डा बोकिरहेका छन्
नेपाली चुचुराको सिउँदोमाथि फरफराउन
ढुक्कै विदेशी झण्डाहरू उक्लिरहेका छन्
झोक्रिएर बसेको सिङ्गो हिमालय विवश र उदाङ्गै देखिन्छ
जताबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ !