Last modified on 5 अगस्त 2020, at 23:20

बीसौँ शताब्दी / कुमार नेपाल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:20, 5 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुमार नेपाल |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

टाटेपाटे घोडामा आफ्नै खुशीले प्रवेश गरेँ,
मुट्सम्म पुगेँ,
अनि उसको सिरा प्रसिराहरूमा मग्न दौडेँ,
भित्रको रापमा अदृश्य भएँ
मेरो रूप स्वतः रौद्र भएर आयो,
हुत्तिएर बग्दै टापमा पुगेँ,
मेरो कारणलाई तैपनि कसैले खोजेन,
आकाङ्क्षालाई कसैले पढ्ने प्रयास गरेन,
लाचार, अज्ञात कथा झै भएँ
त्यो निस्सहाय घोडा बहुलायो,
हिन्हिनाउँदै बालीले सिङ्गारिएका खेतहरू,
जग्मगाएका सडकहरूमा बेगले दगर्न थाल्यो
उसको नाल ठोकिएको चम्कने टाप
धर्तीमा छियाछिया पार्दै घाउहरू पार्न थाल्यो,
अझ कतैकतै त तलैसम्म धसियो,
रगतको सहस मूलहरू फुटयो,
वीभत्सले जगल्टा सुकाउने राम्रै मौका पायो,
यसरी इच्छा फस्टाएको देखेर
विभ्रान्त यताउता लम्केका दुईचार पथिक खुशी भए;
तर अन्जान थरू पथिकहरू
रगतमा साँदिए कत्रो हाहाकार
मनुष्य जाईना
आमा ! आमा !! आमा !!!
भन्दै त्रासले कराउँदछन्,
सबै आफू मेटिने डर मान्दछन्
डमरुको कुरै भएन !
आमाको ममता
स्नेहका टुक्राहरूलाई ठाउँ सार्दै लुकाउँछे,
ढाडे हो,
मनुष्य संहारी बाघको एक बल्दो झिल्का हो-
बच्चा खान
मौका छोपी वजने पाइलो चाल्दै हिड्दछ,
संहार र सृष्टिकर्ता दुवै बनेको छ
विज्ञानको इशारा उसले बिर्सिएछ,
मानव,
मानिस्याइँको खोज गर्दैछ,
एक दिन उसले बच्चा अवश्य खान पाउनेछैन,
अहिले नशाले बाँचिरहेको छ,
त्यो विरालो ॥