Last modified on 20 अगस्त 2020, at 15:12

फ़रोग फ़रोखज़ाद / परिचय

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:12, 20 अगस्त 2020 का अवतरण ('====फरोग फारुख्जाद - परिचय==== '''नेपाली भाषामा''' फरोग फार...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

फरोग फारुख्जाद - परिचय

नेपाली भाषामा

फरोग फारुख्जादको जन्म सन् १९३५ मा इरानको तेहरानमा भएको थियो।उनले सार्वजनिक विद्यालयमा नौ कक्षासम्म पढिन्‌ र सिलाइबुनाइ तथा चित्रकारीको तालिम लिइन्‌।

सत्र वर्षको उमेरमा उनले परिवारको विरोध हुँदाहुँदै आफ्ना काकाका छोरा परविज शापुरसँग विवाह गरिन्‌।त्यसको एक वर्षपछि छोरो जन्माइन्‌ र दुई वर्ष हुँदानहुँदा वैवाहिक सम्बन्ध विच्छेद गरिन्‌।छोरो उसकै बाबुको परिवारलाई सुम्पिएर उनी कविता लेख्दै स्वतन्त्र जीवन बाँच्न थालिन्‌।

फरोग फारुख्जादका कवितामा पारम्परिक विवाह, महिलामाथिको उत्पिडन तथा उनको आफ्नै जीवनका उतारचढावहरू प्रतिविम्वित भएका छन्‌।उनका कविताहरूले तत्कालिन इरानी सामाजिक संरचना तथा राजनैतिक व्यवस्था प्रति विद्रोह गरेका छन्‌।पतिसँग सम्बन्धविच्छेद गरेर बसेकी एक स्वतन्त्र नारी भएकीले गर्दा फरोग फारुख्जाद तत्कालिन समाजको चासोको विषय भइन्‌।धेरै पुरुषहरूसँग उनका अल्पकालिन सम्बन्धहरू पनि रहे।

सन्‌ १९५५ मा फरोगले आफ्नो पहिलो कवितासङ्ग्रह 'असिर' (बन्दी) प्रकाशित गराइन्‌।सन्‌ १९५६ मा उनी पहिलोपल्ट इरान छाडेर युरोप गइन्‌।सोही वर्ष आफ्ना पूर्व पतिलाई समर्पण गरेर उनले दोस्रो कवितासङ्ग्रह 'दिवार' (गारो) प्रकाशित गराइन्‌।सन्‌ १९५८ र १९६४ मा उनका अन्य दुई कवितासङ्ग्रह प्रकाशित भए। फरोग फारुख्जाद १४ फेब्रुवरी सन्‌ १९६७ मा आफ्नी आमालाई भेटर फर्किँदा दर्रुसमा भएको कार दुर्घटनामा मारिइन्‌।उनको ज्यान लिने गरी भएको सो दुर्घटना साँच्चैको दुर्घटना नै थियो भन्ने प्रमाण नभेटिएकाले जानकार तथा समीक्षकहरू अत्यन्त विद्रोही कविता लेखेका कारण अन्य कवि, लेखक, कलाकारहरूको जस्तै फारुख्जादको पनि तत्कालिन शाहको सिक्रेट पुलिस सोभाकले नियोजित तवरले गराएको हत्या हो भनेर टिप्पणी गर्दछन्।

सन्‌ १९६५ मै तयार भएको फरोगको पाँचौ कवितासङ्ग्रह उनको मृत्युपश्चात्‌ प्रकाशित भयो।