शरद्ऋतुको तुवाँलो-बिहान
ओछ्यानमाथि उठूँ कि नउठूँ गर्दै, रहेछु बसेर,
अलिक जाडो-जाडो,
आज मलाई जगाउन भङेराहरू आएनन्,
पहाडको पल्लो ओछ्यानमा
झुल्किन आँटेको घाम पनि रहेछ अलमल्ल परेर ।
बितेको रातमा सुतेको थिएँ बिर्सेको सपनासँग
थाकेका पापडि हरीयो पत्तामा ढल्केको भर-,,
हावाको हलनमा पापडि उडेर झरेकोजसरी तल
मनको चलनमा सपना खसेछ चाल पनि नदिईकन ।
रातको अंध्यारोमा, भलाई घेरेर रहन्छन् बसी
साना-साना मेरा भावना सब, प्रहरीजसरी
सपनाको छेड-छेडबाट,, चियाएर मलाई, कानेखुशी गरेर
नाना-रंगका इन्द्रेणीमा सुता'को, जाग्नेछु भन्ने डरले बिचरी ।
तर-
बिहानको उज्यालोमा-
इन्द्रेणी अल्पिन्छ,
सपना, बिलिन्छ,
साना-साना भावना सब यता-उता लाजले निहुरिन्छ,,
अनि म रहन्छु बसी, शून्यमन, छैन ता गन्थन केही
र भित्र, एक्लोपन एक, बिरालाले नंग्रा उध्याको जसरी
मरेका भावनाहरूका प्रेतहरूसित-
मरी-मरी मुटुमा अधिकार दावीले रहन्छ चिथोरी ।
................................................
चिन-लेखा-बाट, २०१५