Last modified on 4 सितम्बर 2020, at 21:10

आज बिदाको दिन हो / पारिजात

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:10, 4 सितम्बर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= पारिजात |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

प्रिये ! आज बिदाको दिन हो
के मलाई हेरिदिन्नौ?
ती सागर नयनहरुले
जसका प्रदर्शन पहिल्याइ
मलाई जीवनको किनारा पुग्नु छ।

प्रिये ! आज आत्मसमर्पणको दिन हो के
मलाई पहिराइदिन्नौ?
अश्रुबूँदहरूको माला
जसको पत्र -पत्रको सुगन्धमा
आफैँलाई समावेश गर्नुछ ।

प्रिये ! आज मैले जीवन बिसर्जन गरेँ
के मलाई समात्न दिन्नी?
सम्झनाकी त्यो झिनो धागो
जसमा झुण्डिदै झुण्डिदै मैले अन्तिम श्वास निभाउनु छ ।

प्रिये !आज विदाको दिन हो ।