Last modified on 4 नवम्बर 2020, at 09:56

भरिया / श्यामराजा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:56, 4 नवम्बर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्यामराजा |अनुवादक= |संग्रह= }} {{KKCatKav...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


भरदिनको त्यो कठिन परिश्रमपछि पाएको ज्यालामा,
हाँस्तै नाच्तै किनमेल गरी 'भरिया पुग्दछ डेरामा ।
उसकै मायामहाँ मरेकी- प्यारी, सानी ढोकामा,
आई स्वागत गर्छ हँसिलो- गहिन्याई चुम्बन शिशुमा ॥
(१)
 
पतिको बायाँ कुमको डोका राखी झिकीकन पिंढीमा,
अनि पछि सोधी, 'दिनभरको के घटना- भोको बिपनामा।'
विस्तार गर्‍यो पुछतै पसीना भाउसहित हात घुमाई
कसरी चम्की निर्दय भानुले पोलेथ्यो उसलाई
(२)
 
बिचबिच हाल्दै सुस्केरा र नारायणको नाम लिई,
कसरी उक्ल्यो डाँडा ठाडा, कसरी ओर्ल्यो पाउ घसी ।
कसरी फेरि भारि बुझायो, कसरी जाँचेथ्यो मोहर,
कसरी बाझ्यो, कसरी माग्यो साहूसित अलि केही बकस ॥
(३)

पतिको जीवनवाही घटना चाख लिई सानी सुन्थी
पतिको दुःख सुनी दुःखमा डुब्थी पतिसुखले मनमन हाँस्थी।
हास्य-रुदनको दुई धारामा बहने उनीहरूको प्राण,
कहिले छाती नाङलो हुन्थ्यो, मुटु बन्थ्यो, निफनिने धान ॥
(४)

ताप्केमा त्यो छड्किरहेको ढिंडो ओरालिन थालीमा
अलिकति गुन्द्रुक सागको त्यान्द्रो त्यहीं सजाइन् पत्तामा ।
पतिको 'पाक्यो ?' आवाजमहाँ उसको 'पाक्यो' उत्तर गो,
टोपि फुकालो टुपी कन्याउँदै भरियाले पलेटी कस्यो ॥
(५)
 
दुई तीन गांस मात्र निलेथ्यो बोल्यो ममताको स्वरले
हातका गाँस हातैमा लिई, 'सानी, भन के तिमीहरूले
खाए खाएनौ के गन्यौ हँ? सम्झें भर्खर पो मैले
आफ्नो पेट भरेपछि मात्र पो सम्झेंछु ए गाँठे ।'
(६)

पतिको मीठो सवाल सुनी उनको माया बढ्दै गो,
सौभाग्यवती सानीको अनि मुखबाट मधुर झर्‍यो ।
'छोराले खाइ बचेथ्यो जो अगि नै मैले खाइसके
तपाईले खानुभएपछि खाउँला, अब बेर छ के ।'
(७)

यस्तै रीतसित भरिया, भरनी भर्थे तीन सरस प्राण
भरिया खित्का छोडी हाँस्थ्यो अनि भरिनी छोपी नाक ।
भरिया भन्थ्यो सुख साँचेको 'पिठघूमा भारी बोक्नु हो'.
भरिनी भन्थी सुख साँचैको ‘घरधन्धा नै गर्नु हो' ॥
(८)