Last modified on 6 मई 2021, at 09:01

भन्दिनँ म भन्दिनँ / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:01, 6 मई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

भन्दिनँ भो' भन्दिनँ, अब म केही भन्दिनँ
मेरा दु:ख हुन्‌ मैसँग; सुनाउँदिनँ, सुनाउँदिनँ

मनको नै एउटा चोट छ, कुनै दवाइले सुक्दैन
हेरेमा झनै बल्झिन्छ, छोए त झनै दुख्दछ
मभित्रै रहोस्‌ त्यो पनि, देखाउँदिनँ, देखाउँदिनँ
मेरा दु:ख हुन्‌ मैसँग, सुनाउँदिनँ सुनाउँदिनँ

एक्लै हिँडुँला अब म, लडे लडूँ हर पाइलामा
सके उठुँला आफैँ नै, या जे हुनुछ भै जाला
सहारा मागी कसैलाई, बोलाउँदिनँ, बोलाउँदिनँ
मेरा दु:ख हुन्‌ मैसँग, सुनाउँदिनँ सुनाउँदिनँ

झार्दिनँ आँसु पिउँदछु, बिझ्दिनँ अब बातले
दुखेमा मुटु समाउँछु, कामेका आफ्नै हातले
नसोध के भो' मलाई; बताउँदिनँ, बताउँदिनँ
मेरा दु:ख हुन्‌ मैसँग, सुनाउँदिनँ, सुनाउँदिनँ