Last modified on 2 जुलाई 2021, at 08:26

शिरको ताज / गीता त्रिपाठी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:26, 2 जुलाई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=स...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

खुसी हुनुभएपछि हजुरआमा
छानोदेखि मझेरीसम्मै उज्यालिन्छ
एउटा सिङ्गो घर ।

खुसी हुनुभएपछि हजुरबुबा
शिरदेखि पाउसम्मै उचालिन्छ
एउटा सिङ्गो हिमाल ।

वाणीको आफ्नै अभिव्यक्ति
दृष्टिको आफ्नै संवाद
श्रुतिको आफ्नै व्याकरण
तर,
त्यसैमा छ जीवनको मधुर अभिव्यञ्जना ।

चियाउँदैछु,
आकाशभन्दा फराकिला आशीर्वाद-आँखाहरू !
दलानकी जून- हजुरआमा
बार्दलीको घाम- हजुरबुबा ।

फिँजिएपछि जून-घाम
आँखाभरी खेल्नथालेका छन्- सपनाहरू !