Last modified on 3 जुलाई 2021, at 08:10

मान्छेपानी / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:10, 3 जुलाई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

बीच बाटामा यो खाल्डो कसले बनायो ?, - पानीले ।
यी घर भत्काउने आँट कसको हो ?, - पानीको ।
यो बाढी फिँजाउने उपद्रो कसको हो ?, - पानीको ।
यी मान्छे बगाउने अपराध कसले गर्‍यो ?, - पानीले ।

यहाँ अभाव के को छ ?, - पानीको ।

बारुद, खुँडा र बदनियतहरूको के काम रह्यो र ?
अब त पानी नै पनि
मान्छेजस्तो भइसक्यो ।