Last modified on 20 जनवरी 2022, at 11:15

यासोकेनी बजू / राज माङ्लाक

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:15, 20 जनवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=राज माङ्लाक |अनुवादक= |संग्रह= लिम...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


अस्ति कहिले नै
अनुहारबाट तरुनी छोरीहरु पोइला हिंडिसकेछन्
मेरी बूढी बजू
घुम्लुङ्ग तुवाँलोको बर्की ओढेर
चाउरिएका गालाका खोली र खोल्सीहरु
र नजिकै दायाँ–बायाँ
हड्डी र छालाबाट उठेका कुम्मायक–कुसायकहरु
युगौंदेखि बनेका अनुहारका परिचय हुन् ।

यस्तरी–

लबस्तरो समय आफ्नी प्यारी पत्नीलाई छाडेर
बेपत्ता मुग्लान भासिएपछि
आफ्नो आङ्भरिका रौंहरु युगौंपछि हुर्किएर
सल्लाघारी र घङ्घारुको झ्याङ् भैसकेछन्
प्रत्येक त्रिशाली मेलामा
आफ्नो यौवनका तन्नेरीहरुलाई पालामका केस्राकेस्रामा खोज्दै
आफ्ना सन्ततिलाई आशीर्वाद बाँड्दै बसेकी
हे यासोकेनी बजू
हामी मनुवा तिम्रै शरणमा छौं,

रक्षा गर है !