Last modified on 20 जनवरी 2022, at 11:19

डिप्लोमेट देवता / राज माङ्लाक

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:19, 20 जनवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=राज माङ्लाक |अनुवादक= |संग्रह= लिम...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


हाँस्दा हाँस्दैको फूल टिपेर
तिम्रो पाउमा
थपक्क राखिदिएँ ।

गफिदा गफिदैको बोको
उत्साहले – तिम्रो अगाडि
कस्तरी भरोसाका साथ उभ्याइदिएँ ।

बास्दा बास्दैको छिप्पेको भाले
उधारोमा ल्याएर
विश्वासको – आडभरोसाले
हाताहातीको दाउमा राखेर
इ : तिमीलाई टक्र्याएँ ।

तापनि –

अझै के पुगेन
त्यो तिमी भन्दै भन्दैनौ
मलाई के के चाहियो
त्यो तिमी सोध्दै सोध्दैनौ ।