Last modified on 7 फ़रवरी 2022, at 16:08

गरौँला हामी सिर्जना अर्को / म. वी. वि. शाह

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:08, 7 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=म. वी. वि. शाह |अनुवादक= |संग्रह= }} {{KKCatG...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा
सुन्दर मीठो भावना नयाँ भरेर दिलैमा

पुगौँला हामी सगरमाथा, ताराको छायामा
सम्झनाको झझल्को लिई, जुनेली रातमा
गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा

लुका है मारी खेलौँला हामी, गोरेटो बाटोमा
इन्द्र है धनु जुरेली पारी, पुगौँला चुलीमा
गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा

पहिलो दिन भेटेको बेला, कङ्गाली मनैमा
बितेका दिन भएका कुरा, साचौँला छातीमा
गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा
सुन्दर मीठो भावना नयाँ भरेर दिलैमा