सङिनी, कसले अनजानैमा आकर्षणको खोल्यो द्वार ?
कुन पीडाको बीणामा यो बजीरहेछन् करुण पुकार ?
यी बीणामा यसरी सङिनी निक्ल्यो यस्तो झंकार ?
भावुक हृदय द्रवित भइ बग्दछ बेसुधजस्तो भइ उवसार ।
आँखामा भरि मौन वेदना उरमाथी यो जीवन-भार
निशि दिन एकृ बितीरहेछन सङिनी, मेरो यो संसार ।
मन-मन्दिरको भित्रि कुनामा कल्पित टाँगेँ जुन तस्वीर
सङिनी, भाषा मौन हुनाले बुझला 'त्यो' आँखामा पीर ?
...........................................
शारदा, ७|६, आश्विन १९९८