ए पान्थ ! पथ अम तिम्रो कति पर ?
आइरहेको यो दिवसान्त
मात्रै हेर्छौं तिमी हे श्रान्त !
डुल्दै आउँदछ अन्धकार तर तिम्रा पद छन् यस्ता सत्वर !
ए पान्थ ! पथ अझ तिम्रो कति पर?
सबै चराहरू उड्दै आए
च्याँ-च्याँ गरी बच्चा चिच्याए
यसलाई अलि, उसलाई पनि ख्वाए, मूक नीड भए मुखरित पलभर !
ए पान्थ ! पथ अझ तिम्रो कत्ति पर?
तिमीले किरणलाई हेरेनौ
तिमीले धमिलो साँझ बुझेनौ ?
चम्की, खेली हाँसी जगमा, लुक्न गई छायाको पछि तर !
ए पान्थ ! पथ अझ तिम्रो कात पर ?
बस्ने तिम्रो वास कता हो
औ सुख को अधिवास कता हो?
जगमै तिम्रो माया-ममता, अथवा कतै क्षितिजभन्दा पर?
ए पान्थ ! पथ अझ तिम्रो कति पर?
..................................................
शारदा, ६।१०,माघ १९९७