Last modified on 13 फ़रवरी 2022, at 20:49

एक झल्को / केदारमान व्यथित

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:49, 13 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=केदारमान व्यथित |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

किन भागेकी नील निलयमा बिजुलीझैँ क्षणभर आएर
यो मानव-चातकको निद्रित मीठो तृष्णा बिम्झाएर !
पीडित उरमा पीडा थप्ने कस्तो तिम्रो निष्ठुर बानी !
आँसु बगाई सुन्छ जलदले बरु मेरो यो करण कहानी ।

रोम-रोममा बिर्सिसकेको युग-युगको चीर चेतना भरी
प्रिय-प्रिय ! -भज्दै पोल्टो थापेँ खोइ दिएको प्रणय-मधुकरी !
लुकी लुकी कति सुन्न सकेको यो मेरो विह्वल अनुनय ।
भन्छ-यही रे, मम प्रियतमको मधुर प्रणयको नूतन अभिनय !

.............................................
शारदा, १३।१-२, बैशाख-ज्येष्ठ २००४