Last modified on 15 फ़रवरी 2022, at 10:01

आफ्नो कुना / कुन्दन शर्मा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:01, 15 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


धेरै बाँचेपछि सबैसित
कुनैकुना चाहिँदो रहेछ
बाँच्न आफैसित ।
एक्लो नभएर पनि
जहाँ एकान्त हुन्छ
केही सपना
केही बिपना
केलाउने फुर्सत पाइन्छ ।
धेरै भयो, बिहान लाजले राती भएकी
उषाको मुहार बादलको घुम्टो उठाएर नहेरेको,
कति भयो दिउँसो न्यानो घाम ताप्दै
सम्झनाको गोरेटोमा ओहोरदोहोर नगरेको,
अनि साँझ, थाकेर गुँड फर्केका
चराचुरुङ्गीको मधुर गीत सुन्दै बार्दलीमा नउँगेको ।
आफूलाई बिर्सेर सम्पूर्ण जीवन बिताएपछि
कहिलेकाहीं सोही जीवनका केही अंश
जीवनसित आफ्नो लागि माग्न मन लाग्छ
कहिलेकाहीं कुनै कुनामा आफैसित
बम आफैसित मात्र बस्न मन लाग्छ ।