Last modified on 15 फ़रवरी 2022, at 16:53

गहुँगोरो अफ्रिका / आहुति

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:53, 15 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= आहुति |अनुवादक= |संग्रह= }} {{KKCatKavita}} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे !
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानालाई च्यात्ने या जलाउने साहस गर
म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ!

तिम्रो बस्तीको सफा भुइँलाई सुँघ
बस्तीका हर चोक्टामा मेरो रगतको गन्ध आउँछ
आँखा जुधाउने आँट गर सफा मान्छे !
कि मेरो रक्त नलीमा पानी भर
कि आफ्नो दिमाग्को फोहोर सफा गर
म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ!

तिम्रो मनका मनोरञ्जित ग्रन्थीलाई च्यात
त्यहाँ मेरो संगीतका मधुर सरसराहट सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे !
कि मलाई जनावरसँग बाँध र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने, मादल ठोक्ने, गाइने हुँ, वादी हुँ!

माटोमा धस्सिएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ
आँखा जुधाउने आँट गर अघाएको मान्छे!
कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर
म तिम्रो गोरुसंगै माटोमा पौडिने मुसहर हली हुँ!

म अपमानित इतिहासको हिसाब चाहन्छु ।