Last modified on 9 जुलाई 2024, at 18:34

जवाफ दिऊँ अब / सानु शर्मा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:34, 9 जुलाई 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatGe...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

जवाफ दिऊँ अब केकेलाई गनेर
कसरी भनूँ म जिउँदो छु भनेर

केवल मुटु चल्नु जीवनको चिन्ह होइन
त्यसै बाँचिरहनु जीवन हुँदै होइन
केके गरेँ मैले केही लेखा छैन
जवाफ दिऊँ अब केकेलाई गनेर

चल्नु जीवन भए, घडी जिउँदो हुन्थ्यो
देखिनु बाँच्नु भए, लास बाँच्या हुन्थ्यो
जीवन खोई कहाँ छ, भेट्न नै गाह्रो भो
जवाफ दिऊँ अब केकेलाई गनेर