Last modified on 9 जुलाई 2024, at 18:36

धेरै देखेँ सपनाहरू / सानु शर्मा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:36, 9 जुलाई 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatGe...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

धेरै देखेँ सपनाहरू
धेरै समेटेँ रङ्गहरू

इन्द्रेणीको छेउबाट देखेँ
पुतलीको प्वाखबाट समेटेँ
अटाई नअटाई पोल्टा भरी
रङ्गिन सपनाहरू बटुलेँ

अलिकति सपना यसलाई दिएँ
अलिकति सपना उसलाई दिएँ
तिमी पनि आफ्नै थियौ
अलिकति सपना तिमीलाई दिएँ

मनबाट झिकेर मनभरी दिएँ
मुटुबाट निकाली मुटुभरी दिएँ
जहाँ जहाँ खाली देखेँ मैले
त्यहीँ त्यहीँ सपना छरिदिएँ

आकाशमा ती उडिरहेछन्
मेरै सपनामा पौडिरहेछन्
सपनाले रित्तो बनाई मलाई
मेरो रित्तो मनलाई ती हेरिरहेछन्