Last modified on 10 जुलाई 2024, at 10:32

ए समय ! मलाई पनि / सानु शर्मा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:32, 10 जुलाई 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatGh...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

ए समय ! मलाई पनि आफूसगैँ चल्न सिकाइदे
निस्तब्ध यो रातसगैँ सुस्तसुस्त ढल्न सिकाइदे

मनको सुनेँ, मनको मानेँ, दुःखै दुःख मात्र पाएँ
दुनियादारी सिका मलाई,सबैलाई छल्न सिकाइदे

खुइलिएछ रङ्ग सबै, आस्था विश्वास भरोसाको
माउसुली झैँ मलाई पनि रङ्ग बदल्न सिकाइदे

प्यालाभित्रै खोजी रहेँ जिन्दगीका सुख र चैन
मदहोश भै सारा व्यथा, कथाहरू भुल्न सिकाइदे

जलिरहेँ आफैँभित्र, धुवाँ भई भट्केँ पलपल
आगो होइन जूनकीरी झैँ अँध्यारोमा बल्न सिकाइदे