Last modified on 11 जुलाई 2024, at 19:40

मिल्दै मिलेन कुनै तालमेल / सानु शर्मा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:40, 11 जुलाई 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatGh...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मिल्दै मिलेन कुनै तालमेल करारसँग
तिम्रो खुसी पैसासँग, मेरो घरबारसँग

मनसँग मन मिले पो रमाउँछ मन
केको लालसा मनबिनाको दरबारसँग

यसै पनि छियाछिया मन बोकी हिँड्या छु
लाग्दैन डर मलाई, जाबो तरबारसँग

किनारा मलाई चाहिँदैन, उतार्न नखोज
जुध्ने बानी परिसक्यो मलाई मझधारसँग

फलामको पर्खाल फुटाई निस्कनेलाई
डर नदेखाऊ नाथे झिनो तारबारसँग

उही नै हो सबैभन्दा धेरै दुःखकष्ट दिने
के अपेक्षा राखौं र म, अब सरकारसँग