Last modified on 18 अगस्त 2024, at 19:21

तिमी थियौ र त थिए / सानु शर्मा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:21, 18 अगस्त 2024 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

तिमी थियौ र त थिए सपनाहरू सुन
चाहँदैन यो मन अब त्यो आकाश छुन ।

निधारमा भए त म मेटिसक्थेँ बरु
मनको बह मात्रै रैछ नसकिने धुन ।

धेरै कुरा सिकाएको छ यो जिन्दगीले
नबिर्से नि' जानेको छु बिर्सिए झैंँ हुन ।

ए यादहरू ! फर्किएर जाओ अब उतै
बेफुर्सती छु म आजकल, सम्झिएर रुन ।

थोपाथोपा आँशु खसे दुःख र खुशीका
भन ‘सानु’! कुन हो मेरो, तिम्रो हो कुन ?