Last modified on 25 अगस्त 2024, at 16:47

कर्मचिन्तन / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:47, 25 अगस्त 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह=इत्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

पर्खौँ,
एकछिन पर्खौँ र हेरौँ ।

केहीबेरमा उठ्ने छ कलाकर
नवीन सिर्जनालाई आफ्नो शिल्पमा उनेर ।

उघार्ने छ उसले
हेराइको छोपिएको कुनामा लुकिबसेको दृश्यलाई
उठाउने छ जीवनले भरिएको कुनै कुची
र आफ्ना चेतनाका नौला रङहरूले पोतेर
फेरिदिने छ क्यानभासको अनुहारलाई ।

पर्खौँ,
एकछिन पर्खौँ
भएको बनाउने छ उसले
कतै नभएको एउटा अस्तित्वलाई ।