गर्दै ताता-तुतु
सर्दै थियो बामे।
कोल्टे पर्न नसकेका बेला
संवादका निम्ति प्रयत्नशील
पुकारिरहन्थ्यो ऊ,
आपतकालमाझैँ
तोतेबोली अघिका के के अनुध्वनिहरू !
डोर्याउँदै गरेका हातहरू छोडिदिएर
पटक पटक लर्खराएर, पछारिएर
एक मध्यान्ह जुरूक्क उठ्यो
बिस्तारै हिँड्न सक्ने बन्यो
र दौडिन थाल्यो ।
कहिलेदेखि उड्न पनि सिकिसकेछ- पत्तै भएन ।
दिनहरूलाई पर कतै सारिदिएर
साँझका पत्रहरूमा
जसोतसो ढक्ढक्याउँदै थियो ढोका
फूल राखिदिएर त्यही ढोकामा एकदिन
फैलाएदेखि उसले पखेटा
आँगन भएको छ,
मात्र एउटा प्रतिक्षालय ।