अलिकति उज्यालो देख्दैमा
उडान भरूँ लागिहाल्छ
आशाका पखेटाहरूलाई ।
दु:खका अपार जङ्गलबाट,
आइपुग्छ एकान्त खोज्दाखोज्दै
एक्लिएर, अभिशप्त नीरवतामा,
सुँक्सुकाउँछ जब व्यथित साँझको झ्यालबाट,
देख्छ पलाइरहेका नवजात मुनाहरू ।
आइपुग्छ जसोतसो एउटा गन्तव्य
आइपुगेजसरी थकित ऊ,
विकल सम्झनाहरूसँगै विश्रामको त्यस पालिमुनि ।