आफ्नै मुटु चिरेर
उज्यालो खोज्ने आँखाहरू हिँड्न सकोस् भनी
कविताको बाटो बनाउन थालेको हुँ ।
रगत पोतेर रङ्गीन बनाएको थिएँ अक्षर
ढुकढुकी भरेर सङ्गीतमय बनाएको थिएँ शब्द
खेतबारीमा किसानले जीवन फलाएझैँ
मनभरि फुलाएको थिएँ सपना ।
रहरको भकारीबाट
उदाउन लागेको थियो
चिचिलो घाम ।
सङ्घारबाट निस्की सक्दानसक्दै
बाजले चल्ला झम्टे जसरी झम्टेर
कसैले लुछिलग्यो मेरो कविता ।
प्रिय आँखाहरू !
एकै छिन कान खोलेर ध्यान दिनुहोस्
केही समयपछि
मैले लगाएको तानमा उसैले कविता बुन्न थाल्नेछ ।
०००