आमाले भन्थिन्
आफ्नो विहेबारे,
जरगेको रमिता सिदिएपछि
भोजभतेरको टपरी उठेपछि
अन्माउँदा
दस वर्षकी बालिका उनी
छक्क परी
आफन्तलाई च्यापेर रोएकी थिइन् रे ।
बुझेकी थिइनन् उनले यति रमाइलो पुतलीको खेलमै
जग्गोको खेल खेलेपछि
किन जानुपर्ने अरूकहाँ फेरि ?
र आमाबाबुले
बिदा गरेका थिए रे म्यानामा
सबैभन्दा मन परेकी पतली राखी
आपनी पुतलीलाई
फकाई, फुल्याई
अनि पराई बनाई ।
यसरी मेरी बालिका आमाले
साथी पाइन्
जीवनको लुकामारी खेल्ने ।
सँगै हुर्केर होला
सबै खाद थियो जीवनको
त्यो सम्बन्धमा
र सहज एउटा परिवार खडा गर तिनल
आँधीबेहरी झेल्न सक्ने ।
म छोरी
सोही परिवारकी
ठूली भएर
स्वयंवर रचाएँ
आफै आफ्नो बर रोजें ।
मेरो बिहामा
आकर्षण, स्वीकृति र थुप्रा आकाङ्क्षा थिए
तर हामी दुई विकसित प्राणी
सहजै स्वीकार्न र नकार्न सकेनौं
एकअर्काको अस्तित्व ।
आफ्नो अहंमा रमेका हामी
अरूलाई खप्न सक्ने
झेल्न सक्ने, बुझन सक्ने
सामर्थ्य आएन हामीमा ।
एकअर्काको कमजोरीमा मात्र
सप्रिन खोज्यौं हामी
र खुकुरी हुँदै गयो
हाम्रो त्यो गाँठो लगनको ।
फुकालेर उम्किन पनि अप्ठेरो थियो
मर्यादामा बाँचेको विद्रोह त्यो
बाँच्न पनि गाह्रो भयो
र कुण्ठित परिवार जन्मायौं हामीले ।
आज मेरो जीवनको भग्नावशेषमा
हुर्केकी मेरी छोरी
पुरुषलाई साथी मानी
पहिले बेहोर्न खोज्छे
सँगै बसेर
जानेर, भोगेर मात्र
स्वीकार्न चाहन्छे
कुनै सम्बन्धको अभिभारा ।
लगन त गरी उसले पनि
तर गाँओं बाँधिन ।
आमाको यो सरल जीवनलाई
जानेर सङ्घर्ष बनाएँ मैले
आमाले सुखदुःख बिर्सेर
सन्तोष पाएकी थिइन् क्यार ।
मैले भुल्न सकिन यसरी आफुलाई
दुःख भोगेर
खोज्न चाहेँ सुखलाई ।
छोरीले आफ्नो सुख बुझिछे
दुःख भोगेर
खोज्न चाहेँ सुखलाई ।
छोरीले आफ्नो सुख बुझिछे
दुःख पन्छाउन छोजिछे !
आमाको कस्सिएको गाँठो लगनको
खुकुलो पारेँ मैले
बाँध्नै चाहिन छोरीले !