Last modified on 8 सितम्बर 2024, at 19:09

उनी बेनी नझरेपछि… / विमल वैद्य

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:09, 8 सितम्बर 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विमल वैद्य |अनुवादक= |संग्रह= }} {{KKCatKav...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

माई र जोगमाईको दोभानमा नुहाएर
पोहोर हामीले
शिवालय दर्शन गरेका थियौं
भैयाको दुकानमा औंठी किनेर
औला तानातान गर्दै
हाम्रो मायामा जीवन भरेका थियौं
जोगमाईको फड्केमा
तिमी इत्रिँदै गर्दा
म खोलामा खसेको थिएँ
मेरो भिजेको शरीर नियाल्दै
तिमीले आफ्नो आँखाबाट
बैँस खन्याएकी थियौ ।

परालको धुस्ने माथि बसेर
तिमीलाई घुर्दै
म दाँतले उखु खोस्ट्याईरहन्थे
आँखा निहुराएर तिमी
बुढी औंलाले भुँई कोतर्दै
मुखले तरूल चपाइरहन्थ्यौ
मेलामा किनेको मुरली
खेतका डिलमा बसेर बजाइरहँदा मैले
तिमी हातमा फिरफिरे बोकेर
खोलाको किनारमा बेतोडले कुद्ने गर्थ्यौ
माईको किनारमा
ढुङ्गाको देउता थापेर
जोडी परेवा उडाउँदा
हाम्रो प्रेमले
आकाशको गहिराइ छोए झैं लाग्थ्यो
झोलुङ्गे पुलमा उक्लेर
लट्ठा समाएर मच्चिँदा
भुल्थ्यौं हामी
सारा दुनियाँका लाजहरू
आज स्मृति जस्तो लाग्छ
झरिनँ म पनि यो पटक
बेनी मेलामा
तिमी पनि नआउने खवर पाएको थिए
ठीकै छ,
अर्को साल फेरि
रमाउला बेनीको बगरमा
तिमी र म हराउला फेरि
सेउलाको झुप्रोमा ।

०००