तिमी साँझको गीत गाउदै गर्नु
म बिहानीको चित्र उतार्दैछु
तिम्रो गीत
रातको शुन्यतमा बिस्तार हुदैजादा
सुन्ने कानहरू सिरानीमा
थकाइ मार्न थाल्छन् ,
मेरो चित्र
उज्यालोको बिशालतामा
देख्ने आँखाहरूमा फैलिन थाल्छन्
साँझको गीत भन्नु
खोलाको गीत जस्तै हो
अध्यारोको बर्बरतामा थिचिन्छ र हराएर जान्छ,
बिहानीको सिर्जना
घामको लालित्यमा फैलिएर
दिगन्त यात्रामा निस्कन्छ।
०००