हरेक सांझ
उज्यालो मबाट गुज्रिन्छ
तर मसंग उज्यालो रहन्न
…
हरेक बिहान
एउटा आशा
नबल्दै मेरो आंखामा निभ्छ
यसैले कि-
अक्सर मेरो आंखा
दह जमेको हुन्छ
हरेक सांझ
भीडले मलाई लुगा पहिराइदिन्छ
तर, म-
मभित्र रहन्नं
…
हरेक बिहान
सागरले मलाई नुहाइदिन्छ
तर एक बुंद पनि मेरो रहन्न
रङ्गहरू-
मेरो अंध्यारोमा पोखिन्छन्
कुनै चित्र बन्दैन
रङ्गहरू-
मसंगै निर्रथक अंध्यारिन्छन्
परिचित आफ्नो केही रहन्न
पर्राई उज्यालोमा
मात्र-
एउटा श्रापित ढुङ्गा ”
एउटा घाइते अहल्या ”
एउटा चोइटिएको छाया ”
यसै कतै ढलेको हुन्छु
यतिखेरर्
अर्धसत्यहरूको पहाडमा
म, सम्पूर्णताको प्रश्न-
यसै अडेसा लागेको छु
०००
(नोट : यो कविता चित्रकार विजय थापाको सफरिङ्ग’ शीर्षक चित्रमा आधारित छ ।)