Last modified on 12 सितम्बर 2024, at 10:51

अतिथि भ्रमण / मौन आवाज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:51, 12 सितम्बर 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मौन आवाज |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

तपाईं हाम्रो अतिथि हुनुहुन्छ
अचानक यो लोकमा आउनु भो
तपाईंलाई स्वागत छ !

तपाईंले केही हेर्छु भन्नू भो
केही सुन्छु भन्नू भो
केही बुझ्छु भन्नू भो
हेर्नुहोस् -
त्यो मन्दिर/ मस्जिद / चर्च / गुम्बा / पापीहरूको क्रिडास्थल हो
त्यहाँ धर्मको नाममा अनेक पाप हुन्छ !

हेर्नुहोस् -
त्यो सुन्दर देखिने कुरुप शहर
त्यहाँ सम्बन्ध - भावना र / आमा बिक्री हुन्छ !

हेर्नुहोस् -
सबैथोक ध्यानपूर्वक हेर्नुहोस् !

तपाईंले इतिहास हेर्छु भन्नू भो
सभ्यता अवलोकन गर्छु भन्नू भो
आधुनिक विकास हेर्छु भन्नू भो
हेर्नुहोस् -
त्यो जर्जर खण्डहर हाम्रो इतिहास हो !

हेर्नुहोस् -
त्यो नग्नता र / अश्लिलता हाम्रो सभ्यता हो !

हेर्नुहोस् -
त्यो गतिहिनता र / जड्ता हाम्रो आधुनिकता हो !

हेर्नुहोस् -
उ ... त्यो रातो झण्डा बोक्ने मान्छे पाखण्डी हो !

हेर्नुहोस् -
उ .... त्यो आन्दोलनकारी दलाल हो !

हेर्नुहोस् -
उ ..... त्यो नारा लगाउने व्यापारी हो !

हेर्नुहोस् -
उ .......त्यो बर्दी लगाउने चोर हो !

हेर्नुहोस् -
उ ..... त्यो बन्दुक समाउने डाँका हो !

हेर्नुहोस् -
उ ...... त्यो ढाकाटोपी लगाउने भ्रष्ट हो !

तपाईंलाई आश्चर्य लाग्न सक्छ -
यो देशको शासक आतंककारी हो !

हेर्नुहोस् -
हेर्दै जानुहोस -
सुन्नुहोस् -
सुन्दै जानुहोस् -
बुझ्नुहोस् -
बुझ्दै जानुहोस् -
जुनलोकमा तपाईं आउनु भएको छ
त्यो नर्कलोक हो !

०००