Last modified on 12 सितम्बर 2024, at 11:00

ऐना हेरिरहेकी केटी / मौन आवाज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:00, 12 सितम्बर 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मौन आवाज |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

त्यो तिमी नै हौ
अरू कसैले झुक्याएर यस्तो भएको होइन !

तिम्रै कपाल हो यो
तिम्रै क्लिप हो
तिम्रै औँला हुन्
स्पर्श तिम्रै हो !

हाँसो तिम्रै हो
आँसु तिम्रै हो
तिम्रै हो यो धड्कन
मुटु तिम्रै हो !

यो गोरेटो तिम्रै हो
यो यात्रा तिम्रै हो
पाइताला तिम्रै हो
तिम्रै हो तिमीले टेकिरहेको धर्ती !

यहाँबाट कहीँ पनि तिमी जान सक्दैनौ
यही तिम्रो परिचय हो !

यो पर्खाल तिम्रै हो
यो गजबार तिम्रै हो ।

घुमिरहेको टाउको तिम्रै हो
पृथ्वी तिम्रै हो
तिम्रै हो यो ब्रह्माण्ड !

यो सृष्टि तिम्रै हो
सृजना तिम्रै हो
तिम्रै हो यो सम्पूर्ण जगत !

तिम्रै हो यो खेलौना
यो खेल तिम्रै हो
नियम तिम्रै हो
तिम्रै हो यो डरलाग्दो सपना !

शरीर तिम्रै हो
काउकुती तिम्रै हो
तिम्रै हो छट्पटी !

दरबार तिम्रै हो
युवराज तिम्रै हो
तिम्रै हो यो राज्यसत्ता !

जहाँसम्म फैलिन्छ प्रेमको भूगोल त्यो तिम्रै हो ।

ए , ऐना हेरिरहेकी केटी !
म त तिम्रो झ्यालमा तिमीलाई हेरिरहने
एउटा चरा मात्र हुँ !
०००