Last modified on 12 सितम्बर 2024, at 11:25

मेरो अधुरो कथा पढ्नू / मौन आवाज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:25, 12 सितम्बर 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मौन आवाज |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मैले केही निशब्द बोलेको छु
त्यो सुन्नू
मैले केही अप्रष्ट लेखेको छु
त्यो हेर्नू
मैले केही अमूर्त सोचेको छु
त्यो बुझ्नू !

जिन्दगी कोरेको क्यानभास हराएको छ मेरो
कुन्नि ! कुन रङको थियो मेरो अनुहार ?

कुन्नि ! कुन प्रकारको थियो मेरो आकार ?

मैले केही रेखा तानेको छु
त्यो तन्काउँनू
मैले केही कोण बनाएको छु
त्यो ठम्याउँनू
मैले केही आयाम भोगेको छु
त्यो केलाउँनू !
म जुनबेला हराएपनि
जतासुकै बिलाएपनि
एउटा बाटो बनाएको छु ।

आउँदा वा / जाँदा
कहिलेकाहीँ त्यो बाटो हिँड्नू !

हिँड्दा हिँड्दै यदि तिमी थाक्यौ
र कतै पुगेनौ भने
मेरो अधुरो कथा पढ्नू !

०००