Last modified on 12 सितम्बर 2024, at 18:10

नव वर्ष / महेश मास्के

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:10, 12 सितम्बर 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=महेश मास्के |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

घामको प्रथम किरणसँगै
नव वर्ष
सबभन्दा पहिले तिमी त्यहाँ जानू
जहाँ मनहरू थाकेका छन् जाडो यामभरि पत्र पत्र हिउँ झैँ जमेका निराशाहरूले
जहाँ आस्थाको छानु ढाकेका छन्
भित्र कतै संघर्षको जोश कठ्यांग्निएको होला
राम्रोसंग हेर्नू कतै अठोटले हरेस खाएको होला
अर्थ नपाएर उद्देश्यले बाटो विराएको छ कि ?
तिमी एकछिन बस्नू त्यहाँ र
मनहरूका सुख दुःखका कुरा सुनिदिन्
एकछिन सेक्न सकून् तिम्रो न्यानोमा
आस्था र जोशहरूले
आफ्ना चिसिएका हात खुट्टाहरू
अठोटले देख्न सकोस्
वसन्तको उमंग समेटेर भर्खरै टुसाउँदै गरेका पालुवाहरू
र उद्देश्यलाई सम्झाउनू परिवर्तनको निरन्तरतासंग जुडेको जीवनको अर्थ !

अन्धकारको हैकम अझै जारी नै छ यो बस्तीमा त्यसैले
विहानी पखको संदेश लिएर नव वर्ष,
सबभन्दा पहिले तिमी त्यहाँ जानू
जहाँ मनहरू थाकेका छन् ।

०००
काठमाण्डौ / प्रकाशित "गर्जन” साप्ताहिक