Last modified on 6 अक्टूबर 2024, at 19:03

स्थिरताको भय / सानु शर्मा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:03, 6 अक्टूबर 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

यो मन
किन यति शान्त छ
इच्छाहरू किन उम्लिरहेका छैनन्  ?
रहरहरू किन बर्सिरहेका छैनन्  ?
किन यति धेरै निश्चल छ यो मन !

भावनाहरू बिदामा बसेजस्तो
सोचहरूले पनि विश्राम गरे जस्तो ।

उम्लिरहने, दुखिरहने
चहराएर छटपटाइरहने
एउटा व्याकुल मन सम्हाल्दै आइरहेकी हुँ
कैयौँ शताब्दीदेखि,
तर अचानक, यस्तो लागिरहेछ
मानौँ, मभित्रबाट मन कतै भागिसकेछ ।

किन ठोकरमै पनि यो कुनै चीत्कार गर्दैन ?
किन कुनै प्राप्तिको खोजीमा छटपटाउँदैन ?
यो मन
किन सबै चिजदेखि निर्लिप्त छ ?

आँखा ओबानो छ, ठिकै छ
तर किन मनको ओठबाट कुनै
पीडाको सुस्केरा झर्दैन ?

मलाई
यो मनको निश्चलतासँग
एक प्रकारको डर लागिरहेछ ।

००००