Last modified on 13 सितम्बर 2024, at 19:26

अग्लो / गोपी सापकोटा

अग्लो हुनु
धेरै अग्लो हुनु
अभिशाप रहेछ !

अग्लो, धेरै अग्लो भइसकेपछि
अझ अग्लो हुने ठाउँ नहुँदो रहेछ !
अग्लो, धेरै अग्लो भइसकेपछि
पुनः होचो बन्न नसकिँदो रहेछ !

आजका अनुभूति हुन् यी मेरा
अग्लो हुनु
धेरै अग्लो हुनु
अभिशाप रहेछ !!

०००