Last modified on 6 दिसम्बर 2016, at 14:56

अपशकुनको दोबाटोमा / सन्तोष थेबे

सतीले थुकेर हो
या जङ्गेले मुतेर
यहाँ खैँ के हुन्छ, हुन्छ
कसैले भन्न सक्दैन
आलु रोप्यो
बैगुन फल्छ
बैगुन रोप्यो
आलु फल्छ
चाखेर हेर्दा
पिँडालुजस्तो कोक्याउँछ ।